दफा ७९
सैनिक अदालतको मुकाम तथा इजलास
(१) सैनिक अदालतले मुद्दाको पुर्पक्षको क्रममा नेपालबाहिर वा भित्र जुनसुकै स्थानमा पनि आफ्नो मुकाम कायम गर्न सक्नेछ ।
(२) राष्ट्रिय सुरक्षा, सार्वजनिक सुव्यवस्था र पीडितको अधिकारको संरक्षण गर्नु पर्ने अवस्थामा बाहेक सामान्यतया सैनिक अदालतको इजलाश खुला रहनेछ ।